add frist

गृहपृष्ठ सरकारको आलोचना नगर्नुस् : प्रम ओली

सरकारको आलोचना नगर्नुस् : प्रम ओली

काठमाडौं, असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार र पार्टीविरूद्धमा सार्वजनिक रूपमा नबोल्न सांसदहरूलाई निर्देशन दिएका छन्। पार्टी र सरकारका कुनै गुनासा भए पार्टीभित्र र संसदीय दलमा राख्न समेत उनले सांसदहरूलाई सचेत गराए। ‘संसदीय समिति र सांसदहरूले आफ्ना धारणा राख्दा पार्टीभित्र र दलमा राख्न पाइन्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘प्रस्ट रूपमा नबुझी पार्टी र सरकारका कामकारबाहीबारे बाहिर प्रस्तुत गर्नु कानुन र अनुशासनको दृष्टिले गलत हो।’ प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरूले पार्टी र सरकारका निर्णय सिपाहीले झै रक्षा गर्नुपर्ने बताए। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै कार्यकर्ताहरूले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाए। ओलीले भने,‘पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुंगामाा सवार छौं। यो कुरा सबैले मनन् गर्नुपर्दछ।’ प्रधानमन्त्री ओलीले आइफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनप्रति आपत्ति जनाए। बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसदीय समितिले अदालती शैलीमा सरकारलाई निर्देशन दिन नमिल्ने बताए। संसदीय समितिले यस्ता आदेश दिनुभन्दा पहिला अलि सोच्नुपर्छ। घाटा हुने भयो भने सरकारले गर्दैन,ु प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने,‘पाँचसय भन्दा बढी टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रमका कारण देशको पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार हुन्छ। संसदको विकास तथा प्रविधि समितिले आइफा अवार्ड रोक्न गत मंगलबार सरकालाई निर्देशन दिएको थियो। समितिकी सभापति कल्याणी खड्का नेकपा सांसद हुन्। आइफा अवार्ड हुनेरनहुने बारेमा भने प्रधानमन्त्रीले केही बताएनन्। बैठकमा बोल्ने सांसदहरूले भारतबाट आउने तरकारी तथा फलफूलहरूमा विषादी जाँच्ने काम बन्द गरेकोमा प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले विषादी परीक्षण गर्ने काम सकारात्मक भए पनि त्यही अनुसारका प्रविधि नभएकाले तत्कालका लागि स्थगित मात्रै गरिएको बताए। पूर्वाधार तयार पार्ने काम सकिएपछि परीक्षणको काम सुरू गरिने उनले बताए। आजको बैठकमा २२ जना सांसदहरूले आफ्ना भनाइ राखेका थिए। दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु