add frist

सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणमा एटलस वेलफेयरको साथ

बुटवल,पुस । बुटवल उपमहानगर, प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएसगै यस अभियानलाई एटलस वेलफेयर अर्गनाइजेसन बुटवलले पनि साथ दिएको छ । एटलस वेलफेयर अर्गनाइजेसन बुटवलले ति.न.पा. २ मा भेटिएकि ५५ बर्षिय बेसहारा महिलालाई मानवसेवा आश्रम बुटवलमा बुझाइ सहयोग गरेको हो । संस्थाका अध्यक्ष कल्पना श्रेस्ठ, सचिब सुमेरु कसजु,सह–सचिब मधु ढकाल,कोषाध्यक्ष लोक कुमारी सारुको साथै स्थानिय कमला सुवेदी र ज्ञानराज आचार्यको सकृयतामा उक्त बेसहारा महिला (नाम नखुलेकी ) लाइ बुटवल ८ शुख्खानगर स्थित मानवसेवा आश्रममा बुझाईको संस्थाका सह–सचिब मधु ढकालले जानकारी दिए ।

सडकबाट ल्याइएका यस्ता सहयोगापेक्षीहरुको बस्ने खाने सबै व्यवस्थापन मानव सेवा आश्रमले गर्दै आएको छ । यहा स्वयंसेवक,स्थानीय,तथा चिकित्सकले दिनहु सहयोग गर्दै आइरहेका छन् । मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका,मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ कन्द्रमार्फत सेवा दिइदै आएको छ । ती केन्द्रमा करिब १ हजारको हाराहारीमा असहायहरुले आश्रय पाइरहेको मावन सेवा आश्रम प्रदेश ५ की प्रमुख रुपा केसीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु