सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लाग्यो

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेलधुरा) लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । नेकपा सचिवालय बैठकलगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ ।