सामाजिक संजालमा सक्रिय श्रीमती संगठनद्धारा अपाङ्ग आश्रममा सहयोग

बुटवल,साउन । महिला र बालबालिकाको हितमा रहेर काम गर्दे आएको सामाजिक संजालमा सक्रिय श्रीमती संगठनलले नेपाल अपाङ्ग आश्रममा सहयोग गरेको छ । मानव सेवा नै धर्म हो भन्ने मूल नारालाई पछ्याएर नेपाल अपाङ्ग आश्रम बुटवल देविनगरमा रहेका ३५ जना अपाङ्ग व्यक्तिलाई खाना खुवाएर श्रामणको सोमबार तथा नाग पञ्चमी दिवस मनाएको हो । यस संगठनले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दे आएको र कुनै तडक भड्क बिना अनाथ,असाहय,अपाङ्ग र वृद्ववृद्वालाई सकेसम्मको सहयोग गर्दे आएको संस्थाकि प्रतिनिधि रञ्जु वेलबासेले जानकारी दिईन् । सामाजिक संजालमा सक्रिय श्रीमती संगठनमा बिवाहित नारिहरूमात्र आबद्ध छन् । संगठनमा नेपालभरीमा नौ हजार भन्दा बढि सदस्य रहेकोमा बुटवलमा तिन सय जना भन्दा बढि प्रतिनिधिहरू रहेका छन् ।