add frist

गृहपृष्ठ सिआईएस पत्रकारीता पुरस्कारबाट पत्रकार उमा सम्मानित

सिआईएस पत्रकारीता पुरस्कारबाट पत्रकार उमा सम्मानित

पोखरा ।सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ महिला पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयूक्त कृष्णहरि बाँस्कोटा, माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की, हेल्थ अपडेट म्यागेजिन र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत पत्रकार उमा आलेमगर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् ।सम्मान कार्यक्रममा बोल्दै आयूक्त बास्कोटाले सुचना पाउने सवैको अधिकार भएको बताउदै सुचना लुकाउन नहुनेमा जोड दिएका थिए । सुचना लुकाउन हुदैन, यदि लुकाउने प्रयास भए कार्वाही हुन्छ उनले भने सुचनाको हक संविधानमै उल्लेख गरिएकाले सुचना उपलब्ध बाध्यात्मक हो । सोही अवसरमा वास्कोटाले जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुका लागि स्थानिय सरकार सञ्चालनका विधि तथा सुचनाको हक सम्बन्धि सहजीकरण पनि गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका सुचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सुचना समाजसंग सहकार्य गर्न अख्तियार तयार रहेको बताएका थिए । सम्मानित ब्यक्तित्व उमा आलेमगरले सुचना छिटोछिरितो उपलब्ध गराउन आग्रह गदै सम्मानले थप हौसला प्रदान गरेको बताइन् । कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पुरस्कार छनोट समितिका संयोजक माधव पनेरुले गरेका थिए । कार्यक्तममा सुचना समाज पोखराका अध्यक्ष दिपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक एसपी दानबहादुर कार्की लगायतले बोलेका थिए ।कार्यक्रम माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु