add frist

गृहपृष्ठ सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा तालाबन्दि

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा तालाबन्दि

साउन, बुटवल । अखिल क्रान्तिकारी र अनेरास्वयूले विभिन्न ६ बुदे माग राखि सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा तालाबन्दि गरेका छन । दुई विद्यार्थी ससगठंनले कक्षा ११ को भर्ना शुल्क र माससीक शुल्क बृद्धि , छात्रबृद्धि वितरण तगाएतका बिषय समेटि ६ बुदे माग पत्र क्याम्पसमा पेश गरेका थिए । उक्त मागपत्रलाई बेवास्ता गरेको भनि दुई विद्यार्थि सगठंनले पहिलो चरणमा क्याम्पसको लेखा शाखामा तालाबन्दि गरेको सिद्धार्थ गौतम बुद्ध क्याम्पसका अखिल क्रान्तिकारीका अध्यक्ष कासिशराम आचार्यले जानकारी गराए । उनले विद्यार्थिका जायज माग प्रति क्याम्पसस प्रशासन लाचार बनेको आरोप लगाए । त्यस्तै अनेरास्वयु सिद्धार्थ गौतम बुद्ध क्याम्पसका अध्यक्ष शिवराज बेलबासेले क्याम्पससगं पटक पटक बसेको बार्ता प्रति क्याम्पस गंभिर नदेखिएको तथा क्याम्पसले विद्यार्थी संगठलाई बेवास्ता गरेकोले पुन दोस्रो चरणमा साउन २ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेको जानकारी दिए । साथै असार ३ गते सम्म पनि क्याम्पस प्रशासन विद्यार्थीको माग प्रति गम्भिर नदेखिएको भन्दै उनिहरुले क्याम्पस प्रमुख, सहायक स क्याम्पस प्रमुखको कुर्चि झीकि बाहिर राखि सांकेतिक विरोध जनाएका छन । उनिहरुले क्याम्पस प्रशासनले आगामि दिनमा पनि विद्यार्थिका मागको सम्बोधन नगरे अझ ससक्त रुपमा जाने चेतावनि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु