add frist

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

{"caption":"u0938u093fu0926u094du0927u093eu0930u094du0925 u0930u093eu091cu092eu093eu0930u094du0917u0905u0928u094du0924u0930u094du0917u0924 u092au093eu0932u094du092au093eu0915u094b u0926u094bu092du093eu0928 u0930 u0938u093fu0926u094du0927u092cu093eu092cu093e u092cu0940u091au0915u094b u0924u093fu0928u093eu0909 u0969 u0939u0947u0921u092cu0915u094du0938u0928u091cu093fu0915u0948 u0917u090fu0915u094b u092au0939u093fu0930u094bu202fu0964 u0924u0938u094du092cu093fu0930 : u092eu093eu0927u0935","photographer":"","alt_text":""}

फागुन, बुटवल । सडक स्तरोन्नतिका लागि सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल—पाल्पा सडक खण्ड यही चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ । डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् ।
घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो । राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ ।

जोखिमपूर्ण घुम्ती व्यवस्थापनका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो ।

यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । सडक सुधारको कामका बेला आमसर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरी निर्माण कार्य गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु