सियारीमा माछा महोत्सवको तयारी
"पुस २६ देखि माघ १ गते सम्म महोत्सव हुने"

बुटवल, पुस । माछाको राजधानीको रुपमा पहिचान बनाएको रुपन्देहीको छपिया क्षेत्र सियारी गाउँपालिकामा पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले मत्स्य महोत्सव गर्ने भएको हो । रुपन्देही जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा कृषिलाई बिशेष लक्षित गरि महोत्सव हुने लागेको हो ।
यहि पौष २६ गते देखि माघ १ गते सम्म ५ दिनको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ आयोजना प्रदेशमै पहिलो कार्यक्रम सियारी गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालयमा हुन लागेको प्रदेश सभाका सदस्य तुल्सी प्रसाद चौधरीले बताए ।
नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरि कार्यक्रम आयोजना गर्न लागेका छौँ ।
चौधरीले भने, भ्रमण वर्षलाई सफल बनाउने चारवटा गाउँपालिकाको संयुक्तरुपमा हुनलागेको महोत्सव पर्यटन प्रबद्र्धनका लागि कोषे ढुंगा साबित हने छ ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले एउटा क्षेत्रको मात्रै नभएर रुपन्देही जिल्लामा प्रदेश स्तरकै पहिलो महोत्सव हुन थालेको बताए ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरेर गाउँपालिका स्तरबाट सुरुवात गरौँ भनेर हो । अध्यक्ष थारुले भने पशुपन्छी तथा कृषि विकास मन्त्री घनश्याम भुषालले कार्यक्रम उद्घाटन गर्नु हुने छ । पाँच दिन सम्मको महोत्सवमा थारु कल्चर, स्थानिय उत्पादन, माछाका बिभिन्न परिकार, कृषिका उत्पादन र कृषिका औजारको समेत प्रद्धर्शन हुने छ ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुन चन्द्र चौधरीले धेरै कुरामा नेपाल आत्म निर्भर हुन नसकेको बताउँदै अब हामी माछामा आत्म निर्भर छौँ भन्ने सन्देश महोत्सवले दिने बताए । अब हामी मेला पश्चात केही समयपछि सुपरजोनको माछा निर्यात गर्ने ठाउँमा पुर्याउछाँै चौधरीले भने, कृषिमा हामी आत्म निर्भर हुने अबको लक्ष्य हो ।
प्रदेश नम्बर ५ का वरिष्ठ कृषि अधिकृत मक्बुल अलिले मत्स्य कृषि तथा माघि महोत्सव २०७६ प्रदेशकै पहिलो प्रयास भएको बताए । संस्कृतिले कृषि उत्पादनमा कस्तो असर पारेको छ प्रद्धर्शन हुने नवितम प्रयास हुने अलिले बताए ।
माछा सुपरजोन सञ्चालक समितिका संयोजक गणेश बहादुर शाहीले महोत्सवमा ३० देखि ४० हजार कृषक ल्याउने लक्ष्य भएको बताउँदै २५ वटा उपसमिति गठन गरिएको बताए । रुपन्देही जिल्लाको माछा सुपरजोन चार वटा गाउँपालिकामा कार्यान्वयन भएको बताए । सुपरजोन क्षेत्र भित्र प्रति हेक्टर ५ म्याट्रीक टन माछा उत्पादन हुने गरेको बताए ।
नेपाल मत्स्य ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुषालले कृषकका उपज देखि लिएर कृषि औजारहरु प्रदर्शनमा राखिने बताए । रुपन्देही जिल्लाका ४ वटा गाउँपालिका माछाको लागि सुपरजोन भएका कारण मत्स्य महोत्सवले नयाँ सन्देश दिने भुषालले बताए ।
कार्यक्रम संयोजक भुषालले २४ साना स्टल र १२ ठूला स्टल रहने बताए । साना स्टललाई सरसफाईका लागि ५ सय र ठूला स्टललाई अधिकतम सरसफाई शुल्क भनि २ हजार सम्म लिइने बताए । महोत्सव सफल बनाउन २१ सदस्यीय सचिवालय र ८ सदस्यीय सल्लाहकार समिति गठन भएको भुषालले जानकारी दिए ।