सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। सोमबार पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी नेता एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनित गरेका गरेका हुन्।
अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ ४ मंसिरमा भएको निर्वाचनमा इलामबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
