add frist

सुशिला गौतमको तीज गीत ‘लेउ लायो’ बजारमा/भिडियो सहित

बुटवल,साउन । साउन सुरु हुनै लाग्दा कलाकारहरुले तीजका गीत बजारमा ल्याउन थालेका छन । यस वर्षको तीजलाई लक्ष्यित गरी कलाकारहरुले गित गाई सकेसकेका छन । कतिपयले बजारमा नै ल्याउन लागिसके भने कतिपयले बजार ल्याउने तयारीमा छन । परम्पराग शैलीमा घर बेसी गर्दा दुख भोगाईका पीडामा गाइने तीजका गीत पनि समयको परिवर्तन संगै फेरीएका छन । नयाँ गीतको बजारमा माग भएपछी कलाकारहरुले पनि त्यस्तै गीत बजारमा ल्याउने गरेका छन । लोक तथा दोहोरी गायिका सुशिला गौतम यस वर्षको तीज पर्वलाई लक्षित गर्दै नयाँ तीज गीत “लेउ लाग्यो‘.” सार्वजनिक भएको छ । चर्चित गायक खुमन अधिकारीसँग संयुक्त स्वरमा गायिका गौतमको “लेउ लाग्यो‘.” बोलको मैलिक तीज गीत सार्वजनिक भएको हो । गायिका सुशिला गौतमको आफ्नै शब्दमा तयार भएको गीतमा संगीत भने गायक खुमन अधिकारीको रहेको छ । शुशिला गौतम र खुमन अधीकारीलाई शान्ती सुनार, कला लम्साल, सुमन परियार र बसन्त लम्सालले कोरस स्वरमा साथ दिएका छन् । कृष्ण बिक “भान्जा” को संगित संयोजनरहेको गीतको ध्वनी मिक्सिङको काम भने कुमार रानाले गरेका छन् । मारुनी डिजिटल मार्फत बजारमा आएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रकाश भट्टले निर्देशन गरेका छन् । कोरियोग्राफी पनि भट्टकै रहेको छ । भिडियोमा अमर सुनारको सह(निर्देशन, राजेश घिमिरेको छाँयाङ्कन र बिष्णु शर्माको सम्पादन रहेको छ । गीत गायिका सुशिला गौतमको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । हेर्नुहोस् गीतको पुरा भिडियो — https://youtu.be/nYxu7Kb_uZc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु