स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ ।
बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।
ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
२६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने उनी नृत्य प्रशिक्षक समेत थिइन् ।