स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

बुटवल । स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको छ । शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका थिए ।
समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद भक्ती पाठकले समाज परिर्वतन शिल भएपनि लोप हुन लागेको धर्म, सस्कृतिको जगर्ने गर्ने दायित्व सबैको बताएको बताए ।
बुटवल उपमहानरपालिकाका उप प्रमुख साबित्रादेवी अर्याल ले नेपाली चेलीहरुको मौलिक चार्डको रुपमारहेको तीज लाई सोही अनुसार मौलीक रुपमा नै मनाउनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रदीप सुवेदीकोसञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा नाचगान,दाता सम्मान,दर खाने कार्यक्रम गरिएको थियो । भने मौलीक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो ।