हरेक बिधाका नृत्यमा आफूलाई फिट राख्न सक्ने अस्मिता

भनिन्छ कुनैपनी काममा सफलता पाउनुको लागि अग्रजको हौसला साथ र सहयोगले धेरै नै महत्त्वपूर्ण भुमिका निर्बाह गरेको हुन्छ अझै बढी घर परिवारको साथ र सहयोग भयो भने जुनसुकै क्षेत्रमा पनि अघि बढ्ने जोस र जागर पनि हुन्छ यो भनाइ अहिलेकि ब्यस्त मोडल अस्मिताको हो स्याङ्जा जिल्लाको रमणीय स्थल पुतलीबजार नगरपालिकामा बुबा चीत्र बहादुर राना र आमा यो माया थापाको कोखबाट जन्मिएकी अस्मिता अहिले मोड्लिङ क्षेत्रमा जम्दै छिन सानैदेखी नै गित संगीत भनेपछि हुरुक्कै हुने अस्मिताको २०७२ देखि प्रारम्भ भएकोे कलाकारिता यात्रा अहिले धेरै फराकिलो बनेको छ । हरेक बिधाका नृत्यमा आफूलाई फिट राख्न सक्ने अस्मिताको यो कौशलताले पनि उनि यो क्षेत्रमा बढि रुचाईन् । एक सय बढि म्यूजिक भिडियोहरुमा अस्मिताले काम गरिसकेकी छिन् । देशका विभिन्न स्टेज कार्यक्रमहरुमा आफूलाइ व्यस्त बनाएकी उनको प्रभाव बाहिरी मुलुकहरुमा पनि बढ्दो क्रममा छ । कलाकाीता यात्राकै क्रममा भारत, कतार युएईमा आफ्नो दमदार नृत्य पस्कीसकेकी अस्मिता अब कोरिया यात्राको तयारीमा छिन् । सांस्कृतिक प्रस्तुतीका लागि देश तथा बिदेशमा ब्यस्त राखेकी अस्मिता म्यूजिक र सोसल साईन्समा एमए अध्ययनरत छिन् । पछिल्लोे समय निकै नै चर्चामा आएकी उनै चर्चित अस्मिता राना संग सत्यदीप सन्देशका लागि बसन्तराज बरालले गरेका विशेष कुराकानीको सम्पादीत अंशः

१.कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छू जेहोस म्यूजिक भिडियोहरु को काम निरन्तर भैरहरेको छ अनि फाट्ट फुट्ट स्टेज प्रोग्राम हरु मा पनि समय दिइरहेको छु ।
२. यो क्षेत्रमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?
नाम दाम त आफ्नो ठाउँमा छ, मुख्यत म मोडेलिङ गर्ने सपना पुरा भएको छ यो क्षेत्र मा आउन साथ सोचे भन्दा पनि धेरै साथ र सपोर्ट पाएको छु । यो क्षेत्रमा लागेर खासै केही गुमाएको जस्तो लाग्दैन गुमाउनु भन्दा पनि अहिले सम्म पाएको धेरै छु जस्तो लाग्छ ।
३. भनिन्छ अहिले यो क्षेत्रमा लागेर बा“च्न गाह्रो हुन्छ भनेर तपाईलाई के लाग्छ ?
संगीत क्षेत्रमा मात्र नभएर कुनै पनि क्षेत्र वा पेशा मा सफल हुन सके राम्रो हुनि हो नत्रत गाह्रो भइहाल्छ त्यसको लागि पहिला मिहिनेत पनित गर्नुपर्यो त्यस्तै सफल कलकार हुन सक्यो भने दाम मात्र नभएर नाम दाम दुबै हुन्छ यदि सकिएन भने गार्हो अवश्य हुन्छ सफल हुनको लागि पक्कै पनि निरन्तरताको आवश्यकता पर्छ ।
४.यहाँ सम्म आउन कत्तिको संघर्ष गर्नुपर्यो ?
मेहनत त आफै ले गर्न परिहाल्यो तर सल्लाह सपोर्टको एकदमै खाचो हुन्छ । ‘सानैै देखि नै गीत गाउने अनि नाच्ने रहर जागिराख्थो अनि विद्यालयमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा मैले प्रस्तुती दिने गर्थे । विद्यालयमा हुने हरेक सांस्कृति कार्यक्रमहरुमा पहिलो नम्बरमै मेरो नाम आउँथ्यो । मेरा साथी अनि विद्यालयका शिक्षकहरुले मलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तुतीका लागि आग्रह गर्नुहुन्थो । साथी अनि शिक्षकहरुको यो उत्प्रेरणाले मलाई झन हौसला मिल्थो र कालान्तरमा नामी नृत्यांगनको रुपमा उभ्याउने लालसा जाग्थ्यो त्यहि रहरले कहिल्यै छोडेन, अहिले सम्म त्यहि बाटोमा हिडिरहेको छु ।’
५. प्रेरणाको श्रोत ?
प्रेरणा को श्रोत त म जन्मेको गाउँ घर नै हो । पहाडमा जन्मेर हुर्केकी भएर होला सानैदेखि नै गित संगित मन पथ्र्यो । घर परिवारबाट पनि त यही क्षेत्रमा लाग्नुपर्छ भन्ने हामी साथमा छौं भनेर सपोर्ट गर्नुभयो त्यसरी नै यो क्षेत्रमा लागे मेरो घरपरिवार नै पहिलो प्रेरणा हो ।

६.नेपाली सङ्गीत भित्रको बिकृति लाई कसरी हेर्नुहुन्छ ?
नेपालि लोकसस्कृती भित्र रहेर,नेपाली लोक लयमा आधारित लोकलाई मन पर्ने गित लोक गित दोहोरि गितहरु नै हुन त्यसैले यस्ता परिधि बाहिरका कतिपय गितहरुले बिकृती लाई प्रोत्साहन गर्न सक्छन् र लोकसंस्कृतिमा छाडापन आउन सक्छ त्यस्ता खाले समाजलाई असर गर्ने खालका समाजमा नपच्ने खालका गीत संगीतबाट हामी सजक हुनु अनिबार्य छ ।
७. अव यो क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिढिलाई के सुझाव दिनुहुन्छ ?
यो क्षेत्रमा लाग्नु भन्दा पहिला आफू भन्दा अग्रजहरुको सल्लाह सुझाव लिन नभुल्नुहोला केही कला र गला छ भने मेहनत गर्न नछाड्नुस संघर्ष देखि पछि नहट्नुस तर अरुको लह लहैमा लागेर आउनुभयो भने दुःख पनि पाउन सक्नुहुन्छ पहिला राम्रोसंग सिकेर अघि बढ्नुभयो भने अवश्य राम्रो हुनेछ । भाइरलको पछि हैन्, कलाको पछि लाग्नुहोस, मेहनत गर्नुहोस,सम्भावनाको ढोका अपार छ । भन्न चाहान्छु ।
८. विशेष गरी हरितालिका तीज पनि आइरहेको छ, महिलाहरूको विशेष चाडपर्वको रुपमा पनि लिने गरिन्छ, यसको महत्वबारे तपाईको धारण के छ ?
हरितालिका तीजको विशेष महत्व छ । तीजमा टाढा टाढाबाट कयौं वर्ष भेट नभएका दिदिबहिनीहरू ठूलो हौसला र खुसीका साथ माइती घरमा जम्मा हुन्छन्, रमाईलो गर्दछन्, एकआपसमा दुःख, सुखका कुरा गर्दछन् । पिर, बेदना, खुसी एकआपसमा बाढ्ने गर्दछन् हुनत आज भोलि फोन, मोबाईल, इन्टरनेटले संसारलाई जोडि सकेको छ । जुनसुकै बेला पनि आपसमा कुराकानी गर्न सकिन्छ तर दुःख, बेदना भन्ने कुरा यस्तो चिज हो जुन आम्ने–साम्ने भएर पोख्दा नै बढि सन्तुष्टि मिल्छ त्यो अवसर तीजले गराइदिन्छ । तीज परिवार मिलनको पर्व पनि हो जसले चेलिबेटी र माईती बीच कुनै दुरी छ भने त्यो मेटाइदिन्छ । अर्को कुरा यो हिन्दु परम्परा पनि हो, समावेशी–समावेश भनेर चिच्याइरहेको आजको समयमा हिन्दु परम्परामा आस्था र विश्वास राख्नेहरूको लागि आफ्नो आस्था प्रकट गर्ने अवसर हो र पुरूष प्रधान समाजमा महिला हक र स्वतन्त्रता प्रति जागरुक बनाउने र आफ्ना भावना गीत र नाँचको माध्यमबाट पोख्ने मौका पनि हो यस कारणले हिन्दु महिलाहरूमा तीजको अत्यन्तै ठूलो महत्व छ ।
९. अन्त्यमा मैले सोध्न छुटाएका र भन्न मन लागेको केही छ कि ?
त्यस्तो केही छैन, तपाईहरुको मायाको आवश्यकता छ मलाई अगाडि बढ्न के कसरी सकिन्छ सल्लाह सुझाव दिन नभुल्नुहोला र गल्ती भए सुधार्ने मौका दिनुहोला तपाईहरुको साथ र सपोर्ट विना हामी अधुरो र अपुरो नै हुन्छौं अन्त्यमा मेरो २/४ कुरा सम्पूर्ण दर्शक श्रोताको माझमा पु¥याइदिनुभएकोमा तपाई लगायत सत्यदीप सन्देशलाई हृदयदेखि नै आभार ।
