add frist

गृहपृष्ठ हाटबजार व्यवसायीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन

हाटबजार व्यवसायीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन

"व्यवसायीहरूलाई राज्यले धेरै करको भार नथोपर्ने : मन्त्री गिरी"

बुटवल । हाटबजार व्यवसायी संघ, रुपन्देहीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले समय अनुसार ल्याउने करको दायरमा व्यवसायीहरूले पनि बदलिन जरुरी रहेको बताए ।
व्यवसायीमा करको दायरा समय सुहाउँदो र तिर्न सक्ने गरी ल्याउने गरेको भन्दै त्यसको सही रुपमा व्यवसायीहरूले तिर्नुपर्ने बताए । मन्त्री गिरीले साना व्यवसायीहरूलाई राज्यले धेरै करको भार नथोपर्ने स्पष्ट समेत पारे ।

मन्त्री गिरीले भने, ‘उपभोक्ताले स्वस्थ र विषादी रहित खाद्य वस्तु उपलब्ध हुनुपर्छ । त्यसको लागि विभिन्न काम सरकारले गर्दैछ ।’ मन्त्री गिरीले प्रदेश सरकारले हाटबजारको विकासका लागि सहयोग/सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष टंक पराजुलीले हाटबजारको विकासका लागि स्थानीय सरकार सहकार्य गरेर अगाडि बढेको बताए । त्यस्तै बुटवल वडा नम्बर ५ का वडा अध्यक्ष तेजप्रसाद सुनारले अर्थतन्त्रलाई चलायमान बनाउन हाटबजारले ठूलो योगदान पु¥याएको चर्चा गरे ।

हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीलेले स्थानीय तहमा जनजप्रतिनिधिहरु आए पनि हाटबजार क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गरे ।

ज्ञवालीले हचुवाको भरमा हाटबजारको व्यवस्थापनको लागि टेण्डर खुलाउँदा बजारमा व्यवस्थापनको साटो हजार बजार क्षेत्र भन्दा बाहिर गई ठेकेदारले बैठकी असुल गर्ने प्रवत्तिले बजार व्यवस्थापनमा समस्या देखिएको बताए । रुपन्देहीको १ सय २२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका छन ।

संघका पूर्व अध्यक्ष प्रकाश खनालले राज्यले हाटबजार व्यवसायीलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । पूर्वाधार नहुँदा खुला आकाशमुनि व्यवसाय गर्न धेरै व्यवसायी बाध्य छन । संघका उपाध्यक्ष छविलाल चापागाईले हाट बजारमा पनि विषादी प्रयोगशाला राख्न आवश्यक रहेको बताए ।

उनले बजारमा आउने तरकारीको विषादी चेकजाँच भएको पाइँदैन । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी, नेकपा नगर अध्यक्ष बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, पत्रकार अस्मिना पाण्डे लगायतले बोलेका थिए ।

सोही अवसरमा हाटबजारको विकास र व्यवसायीको पक्षका कलम चलाएको भन्दै रेडियो मुक्तिका समाचार प्रमुख अस्मिना पाण्डेलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

रुपन्देहीको सेमराबाट २०२४ सालमा हाटबजारको सुरु भएको मानिन्छ । संघका अध्यक्ष भीमलाल ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष छविलाल चापागाईको स्वागत तथा महासचिव नेत्र पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु