add frist

हास्यव्यंग्य टेलिसृंखला “लठपत्र” को ११औ भागको छायांकन सुरु

Entertainment Media House pvt.ltd. को प्रस्तुति हास्यव्यंग्य टेलिसृंखला “लठपत्र” युटूब मा रिलिज भयको आज १० हप्ता भइसकेको छ

प्रत्येक शुक्रबार राति ९ बजे Entertainment Media House pvt.ltd.को प्रस्तुतिमा EPN CHANNEL बाट प्रसारण हुने हास्यव्यंग्य टेलिसृंखला “लठपत्र” को यतिबेला १० औ एपिसोड प्रसारण भैसकेको छ । १० औ एपिसोड सम्म आइपुग्दा कलाकार हरुको प्रस्तुतीकरण र स्क्रिप्ट मा पनि धेरै नै सुधार आएको हुनाले अबको भाग हरु अजै राम्रो र परिस्कृत हुने कुरा मा यसै सिरियल का निर्देशक आशिस अधिकारी ढुक्क रहेको जानकारी गराउछन उनले थप्दै भने “सिरिएल “समय सान्धर्बिक र व्यंग्यात्मक हुने भएकाले सम्पूर्ण जनमानस को मनमा बस्न पनि सफल हुन्छ ”

एपिसोड ७ बाट आफ्नो लेखकीय भूमिका बहन गर्दै आएकी यसै टेलिसृंखला की लेखक सबु पाठक भन्छिन “महिले जति लेखे तेस्लाई निर्देशक ज्युले भरपुर मेहेनत लगाएर, कलाकारहरुलाई लाइ तेस्को भाब बुजेर कलाकारिता गर्न लगाउनु भएकोमा म मेरो व्यक्तिगत तर्फ बाट पनि उहालाई धन्यबाद दिन चाहन्छु ” साथै उनले थप्दै भनिन “यो हास्यव्यंग्य टेलिसृंखला को अनुभब मेरो लागि नया हो , गल्ति कमजोरी छन् होला यसैलाई सुधार्दै जानेछु ” ।

“यस सिरिएलमा कलाकार हरु सबै जसो नया छन् तरपनि उनीहरुको जोस र जागर प्रसंसनिय नै छ ” । सिरियलको मुख्य भूमिकामा आशिस अधिकारी (ज्याक ), प्रमोद गौतम (पानधारे ) , सन्तोष जंग खत्रि (कट्टे ),लक्ष्मी घोताने (यमुना ),अनिशा तिवारी (नमुना ),सिवानी भुजेल (मन्सुली ), बिमला तिवारी (गम्बुटे साइलि ), रोसन गुरुङ (मादले कान्छा ), मुना ढकाल (फुरमाया) , पवन मरासिनी (यावत कुमार ),सुस्मा तिवारी (सुकुली ) र महेश बन्जरा (डा.अलौकिक प्रशाद )लगायतका कलाकार हरु देखिनेछन ।
सम्पूर्ण छायांकन कार्यक्रम पोखरा महानगर पालिका वडा न। ३१ स्थित ठाडिखोरिया भन्ने गाउमा गरिएको छ
एपिसोड १० को पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु