होम क्वारेन्टाइनमा सुरक्षित बस्ने भन्दै २४ जना घर फर्के

बुटवल,चैत । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयाँस्थित भैसागाहनमा रहेको मदरशा उम्मुल मोमेनिल आइसा अल सिद्धिकी लिल बनातिल इस्लामिया कोरोना क्वारेन्टाइन पोष्टमा बसेका २४ जना होम क्वारेन्टाइनमा दुई दिनसम्म बसेका व्यक्तिहरु घर फर्केका छन् । उनीहरु होम क्वारेन्टाइनमै आफुहरु सुरक्षित बस्ने भन्दै घर फर्केका हुन ।
पालिकाले खान र बस्न सुविधा राम्रो नगरेर घर फर्केको भनिए पनि उनीहरु आफ्नै होम क्वारेन्टाइनमा सुरक्षित बस्ने भनि गएको बताउनुभयो । उहाँले भन्नु्भयो हामीले खाने, सुरक्षाकर्मीले खाने र क्वारेन्टाइनमा बसेकाले खाने खाना एउटै हो । कसरी त्यस्तो समाचार आयो हामी छक्क परियो ।
सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुन्सी प्रसाद माझीका अनुसार भारतका विभिन्न ठाउँबाट श्रम तथा मजदुरी गरेर आएका व्यक्तिहरुलाई जिल्ला प्रशासन, प्रहरी र स्थानीय सरकारको सहकार्यमा घरबाट लिएर क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखेका उनीहरुले आफुहरु आफ्नै होम क्वारेन्टाइनमा १० दिन सुरक्षित बसिसकेको र अव पनि क्वारेन्टाइनमा राखे जसरी घरमै सुरक्षित बस्ने भन्दै घरमै बस्ने वातावरण मिलाइदिन र यदि घरमा बस्ने वातावरण नभए झुण्डिएर आत्मा हत्या गर्ने बताएपछि विपत्त व्यवस्थापन समितीको बैठक बसी सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालय रुपन्देही र गाउँपालिका समन्वयमा सम्मरीमाई गाउँपालिकाका वार्ड अध्यक्षहरुको रोहवर होम क्वारेन्टाइनका लागि छाडिएको बताउनुभयो ।
घटनाका विषयमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खान र बस्न सुविधा राम्रो नभएको भन्ने जुन खालको गलत अफवाह फैलाईएको छ त्यो सरासर गल्ती भएको बताउनुभयो । उहाँले मदरसामा संचालन भएको २० वेडमा ओडने,ओछ्याउने र झुल सहितको विस्तार भएको र क्वारेन्नटाइनमा बस्ने व्यक्तिहरु,सुरक्षाकर्मीहरु र स्वास्थ्यकर्मीहरुले खाने खाना एउटै भएकोले भात र आलुको झोलमात्र खुवाएर राखेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताउनुभयो ।
उहाँले यस्तो खालको महामारीको वेलामा सबै एकजुट भएर कोरोना विरुद्ध उत्रनुपर्ने बेलामा अनावश्यक अफवा फैलाएर जनमानसमा भ्रम श्रृजना गरेको बताउनुभयो ।
क्यारेन्टाइनमा बसेका व्यक्तिहरुको विषयमा आफुले प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल,जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी महादेव पन्तसँग समन्वय गरेर सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्नका लागि परामर्श गर्ने सल्लाह भए बमोजिम होम क्वारेन्टाइनमा पठाएको बताउनुभयो ।