add frist

१६ वटा वडामा थपिए २६ कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकाका  १६ वटा वडामा २६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार दिउसो पोखरा महानगरपालिकाका १६ वटा वडामा २६ र तनहुँका ४  जना गरी  थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नं २ का १ पुरुष, ३ का १ पुरुष, ४ का १ पुरुष, ५ की १ महिला, ६ का ३ पुरुष, ७ का २ पुरुष, ८ का १ पुरुष र १ महिला, ९ का २ पुरुष, १० का ३ पुरुष, १२ का १ पुरुष, १३ का १ पुरुष, १४ का १ पुरुष र १ महिला, १८ का १ पुरुष, २१ की १ महिला, २९ का १ पुरुष, ३३ की १ महिला तथा वडा नखुलेका २ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै तनहुँ भिमादका १ पुरुष तथा १ महिला, व्यासका १ पुरुष र शुक्लागण्डकीका १ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको सँख्या ६ हजार ३ सय ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु