add frist

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो

बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो । उपाधि उचाले संगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।

उपाधि चुम्न नसकेको सुदुरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।
त्यस अघि भएको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो । ५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लव लाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन ।

खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु