प्रदेश ५ को स्थायी राजधानि बुटवल नै बन्छ : नेता खाँण

बुटवल,पुस । नेपाली काग्रेस संसदिय दलकाा प्रमुख सचेतक एंव पूर्व मन्त्री बालकृष्ण खाणले अविलम्ब प्रदेशसभालाई प्रदेशको स्थायि राजधानि बुटवल तोक्न आग्रह गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेलाको उदघाटन समारोहमा बोल्दै नेता खाणले राजनितिक, सांस्कृित र पर्यटकिय हिसाबले बुटवल नै स्थायि राजधानिका लागि उपयुक्त भएकाले काग्रेस नेतृत्वको सरकले अस्थायि राजधानि तोकेको बताए ।
“राजधानि तोकिएकोमा कतिपयको चित्त बुझेको छैन तर यातायातको सुगम केन्द्र बुटवल, भैरहवा नै हो” पूर्वमन्त्रि समेत रहेका खाणमले भने – “बुटवलबाट राजधानि सार्ने प्रयत्न भए, त्यसलाई थेग्न सक्नुहुन्न ।”
?भारतसंगको सहजता, अन्तराष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानिका लागि उपयुक्त भएको उनले बताए ।
विश्वमा कुनै पनि राजधानि मध्यभागमै नभएको बताउदै राजधानि सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ ।
नेपाली काग्रेसको सरकाले अस्थायि राजधानि ताृकेको र यसलाइ स्थायि बनाउने अधिकार प्रदेशसभालाई भएकाले अविलम्ब राजधानि र नामाकरण गर्न उनको आग्रह छ । ” प्रदेश १, प्रदेश ६ र ७ को पनि मध्यभागमा छैन” नेता खाणले भने ।
पुस २३ गतेसम्म संञ्चालन हुने औद्योगिक ब्यापार मेलाको उदघाटन रक्षामन्त्रि ईश्वर पोेखरेलले गर्ने भनिएपनि माौसमका कारण मन्त्री पोखरेल आउन नसकेपछि नेता खाणले गरेका हुन् । मेलामा ५ सय बढी स्टल राखिएको छ ।