add frist

बन्दले सर्वसाधारणलाई सास्ती

१३ जेठ, बुटवल| प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दका कारण रुपन्देही शहित देशैभरको जनजिवन प्रभावित भएको छ । काठामाण्डौ उपत्याकामा बन्दको प्रभाव केही न्युन देखिए पनि उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सर्वसाधारणमा बन्दको त्रास बढि भएकोा हो । बुटवलमा केही निजि बाहेक अन्य सार्वजनिक यातायातका कुनै पनि साधन चलेका छैनन । कल कारखाना, बजार, शैक्षिक संस्था सबै ठप्प छन ।

बन्दको प्रभाव देशैभरका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु