प्रेम प्रश्ताव धेरै आउने गर्दछन्

आकर्षक मीलेको जिउडाल हँसिलो मुहार, अत्यन्त शुसील स्वभाव जो कोहीलाई पनि मोहित बनाउने कला भएकी झट्ट हेर्दा लाग्छ उनी नायिका नै हुन् , तर बास्तविकतामा भने उनी नायिका नभएर उनी गायिका हुन उनी देख्दा जस्ती देखिन्छन् त्यस्तै सुरिलो मिठो स्वरकी धनी अरु कोही नभएर उनी हुन् गायिका सुनितामी परियार । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा बाबा कृष्ण परियार र आमा विष्णुमाया परियारको पहिलो सन्तानको रुपमा जन्मेकी गायिका सुनितामी हरेक किसिमका गित गाउन सक्ने एक बहुप्रतिभाकी धनी गायिका हुन, जस्तै आधुनिक, देशभक्ति, प्रगतीशिल जस्तो पनि गीत गाउने सुनीतामी लोक गायिकाको नामबाट परिचित छिन् । सानैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने उनी २०६५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरिन भने आधुनिक विधामा २०७५ सालमा स्वर पास गरेकी छन् । साधारण परिवारमा बाल्यकाल विताएकी उनले अहिलेपनि गीतसंगीतकै क्षेत्रमा संघर्ष गरिरहेकै छिन् । उनी गित गाउने मात्र होइन केही आफूले गाएका गितहरुमा अभिनय समेत गरेकी पनि छिन् । गीतसंगीतमा लागेको धेरै वर्ष भयो तर अझैपनि सोंचेजस्तो सफलता हात पार्न नसकेकोमा उनलाई गुनासो छ, तरपनि आफ्नो संघर्ष भने निरन्तर दिइरहने र यही क्षेत्रमा स्थापित हुने उनको प्रतिवद्धता भने अझै उस्तै छ,भन्छिन जिवन संघर्ष हो संघर्षबाट कहिल्यै थाक्ने छैन एक न एक दिन पक्कैपनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने लक्ष्य बोकेर अघि बढेकी उनै सुनितामीसंग सत्यदीप सन्देश का लागि इन्दिरा गैरेले गरेको कुराकानीको संपादित अंश ः
१.कत्तिको व्यस्त हुनुहुन्छ ?
त्यति धेरै भ्याइनभ्याई चाहिं छैन तर हल्का फुल्का रेकर्डिङका काम र अलि अलि मेला महोत्सबमा ठिकै व्यस्त छु ।
२. संगीतमा लागेर कत्तिको खुशी हुनुहुन्छ ?
संगीतमा लागेर थोरै धेरै खुशी त छु नै एउटा बच्चादेखिको सपना थोरै धेरै भएपनि पुरा भएकोमा कस्लाई खुशी नलाग्लार तर पुर्ण रुपमा सफलता पाउन बाँकी छ संघर्षमै छु ।
३.संगीतमा लागेर बाँच्न सक्ने वातावरण छैन भन्छन्नी ?
जसको गितहरु चलेको छ जसलाई हरेक ठाउँमा निमन्त्रणा आउँछ उहाँहरुको हकमा यो कुरा लागु हुँदैन तर जो संघर्ष गर्दै हुनुहुन्छ उहाँहरुलाई एकदमै गाहे अवस्था छ । गीत ग¥यो गीतको खर्च सम्म पनि नउठ्ने र कार्यक्रमहरु जस्तै मेला महोत्सबहरुमा पनि अलिकति ठेकेदारी प्रणालीले गर्दा सच्चा कलाकारलाई बाँच्न गाह्रो भैरहेको अवस्था छ, कला र गला भएपनि वास्तविक कलाकारले अझै ठाउँ पाउन सकेको अवस्था छैन र मेरो हकमा भन्नुपर्दा पनि मलाई पनि एकदमै गाह्रो छ ।
४. यहाँसम्म आइपुग्न कत्तिको संघर्ष गर्नुप¥यो ?
एकदमै संघर्ष गर्नुप¥यो अहिलेपनि संघर्ष नै गरिरहेकी छु गन्तव्य पुग्न अझैपनि धेरै बाँकी नै छ । हुनत घुमिएहोला ५÷७ वटा देशहरुमा पनि त्यो आफ्नो ठाउँमा छ तर मलाई अझै पनि सफल भएजस्तो लाग्दैन ।
५.सुनितामी परियार भनेर चिनाएको गित ?
हुनत मैले अहिलेसम्म करिब २÷३ सय गित गाइसकेकी छु त्यसमध्ये पनि मलाई अलि बढी चिनाएको गित पशुपति शर्मा दाजु र मेरो आवाजमा रहेको मेरो बुढाको के मिलेन के भन्ने गितले अलि चिनाएको जस्तो लाग्छ त्यस बाहेक राम्जी खाँडसँगको इतिहासको पानामा नाम लेख्न पाउँ, पु्श्कल शर्मासँगको यति धेरै मायाँ लगायतका गीतले पनि मलाई चिनाउनमा धेरै सहयोग गरेका गीतमध्येका गीत हुन् ।
६.यति राम्री हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउने गर्छन् ?
राम्री भन्दिनु भयो खुशी लाग्यो तर मलाई त्यति राम्री छु जस्तो लाग्दैन, प्रेम प्रश्ताव धेरै आउने गर्दछन् । म गायिका भएको कारणले पनि होला कसैलाई मेरो बोली शिल स्वभाव मन पर्छ कसैलाई मेरो श्वर मनपर्छ होला मन पराउनु प्रेम प्रस्ताव आउनु ठूलो कुरा होइन उहाँहरुको माया मलाई चाहिन्छ म उहाँहरुको मायालाई सम्मान गर्छु तर आफू भने अझै आफ्नो करियर नबनाउदै यो विषयमा त्यति गहिरिएर सोचेकी छैन ।
७. यो क्षेत्रमा लाग्नमा कस्को प्रेरणा छ ?
सम्झनुपर्ने धेरै नामहरु छन् तर मेरो पहिलो प्रेरणाको श्रोत भनेको मेरो जन्मदाता मेरी आमा हुनुहन्छ मेरो आमा पनि गित संगीततिर रुची राख्ने भएको र आफूले पनि गाउने भएको कारणले आफ्नो सन्तानको खुशीको लागि उहाँले आफ्नो तर्फबाट सधैं सपोर्ट गरिरहनुभयो ।
८. कलाकारको लागि मिडियाको कस्तो भुमिकाको अपेक्षा गर्नुभएको छ ?
कलाकारको लागि मिडिया एकदमै अनिवार्य कुरा हो राम्रा अनि प्रतिभावान कलाकारलाई मिडियाले सपोर्ट गरिदिनुस जिवन्त गीतहरुलाई प्राथमिकता दिनुस सच्चा कलाकारहरुलाई मिडियाले नै हो चिनाउने भनेको कलाकार विना सायद मिडिया पनि अपुरो हुन्छ र मिडिया विना कलाकार पनि अधुरो नै हुन्छ , नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ कलाकार र मिडियाको पनि ।
९. भुल्न नसकेको अतित ?
जिन्दगी हो सुख दुख अनेक हुन्छन् भुल्न नसकेका अतितहरु कहिले लभ अफेयरका कुरा, कहिले घरायसी समस्याका कुरा देखि लिएर अनेक हुन्छन त्यो मध्ये हिजोका दिनमा एउटा गित गाउनको लागि दिनैभरी स्टुडियो कुर्नुपरेका जस्ता नमिठा अतितहरु पनि छन् तिनलाई चाहेरपनि भुल्न सकिदैन ।
१०. अन्त्यमा अव आउने नयाँ पिढिंलाई के सल्लाह दिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा पढाई हो यो क्षेत्रमा आउनुपूर्व राम्रोसंग ज्ञान लिएर मात्र आउनुहोला म्यूजिक क्षेत्रमा हामीले जस्तो पैसा नफसाउनुहोला राम्रोसँग म्यूजिक सम्बन्धी पढेर मात्र आउनुभयो भने पक्कै पनि सफल हुन सजिलो हुनेछ अन्त्यमा मेरो मनमा लागेका तिता मिठा भावनाहरु सबैको सामु पु¥याइदिनुभएकोमा सत्यदीप सन्देशलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।