add frist

यस वर्षको बजेट उत्कृष्ट र जनपक्षी – वामदेव

प्यूठान जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री बामेदेव गौतमले यस वर्षको बजेट उत्कृष्ट र जनपक्षीय भएको बताएका छन् । जनपक्षीय बजेट नेकपाकै सरकारले ल्याएको भन्दै कार्यान्वयनको कुनै शंका गर्नु नपर्नेमा जोड दिए । नेकपा प्यूठानको शपथ ग्रहण गराउन प्यूठान आएका नेता गौतमले शुक्रबार प्रेस संगठनले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन यसो भनेका हुन्। ‘विगतका कमीकमजोरी सचाएर समृद्ध मुलुक निर्माणार्थ सरकार लागि रहेको छ’, उनले भने, ‘कम्युनिष्टहरु सत्तामा पुगेर राम्रो काम गर्ने्बित्तिकै सरकार ढाल्ने ठुलै रणनीति बनाएर बिगारियो। तर गौतमले यो पटक ५ वर्ष नेकपाकै सरकार चल्ने बताए । ‘अब ५ वर्ष नेकपाकै सरकार चल्छ। समृद्ध मुलुक निर्माणको सुरुवात गर्दछ,’ उनले भने, ‘चौतर्फी बजेटको प्रशंसा भइरहेको छ। यसको कार्यान्वयनमा कुनै कमी हुँदैन ।’ वैदेशिक ऋणबिना विकास नुहने तर्क गौतमले गरे । देशका प्राकृतिक खानी उत्खनन् र ठुला आयोजना निर्माण गरी समृद्ध मुलुक असम्भव रहेको उनको भनाइ थियो। सहमति पालना हुन्छ केही दिनयता अबको १५ महिनापछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्‍ने चर्चामा पनि वामदेवले मुख खोले । ‘पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यसको दायाँबायाँ गर्नु हुँदैन’, उनले भने। फरक प्रसंगमा मिडिया काउन्सिल बिधयेक संशोधन गराउन पहल गर्ने नेता गौतमले आश्वासन दिए । मिडिया काउन्सिल, सार्वजनिक खरिद ऐल लगायत ऐनहरु र नयाँ कानुनहरु आवश्यक रहेको गौतमको भनाई छ । पुराना प्रतिवद्धता सम्झिँदै २०७० साल निर्वाचनमा प्यूठानबाट विजयी भएका नेता गौतमले तत्कालिन समयमा गरेका प्रतिवद्धता फेरि ब्युँताउने संकेत गरे । प्यूठानको चाल्नेटारमा विमानस्थल, नौमुरे वहुउद्देश्यिय जलविद्युत आयोजना लगायतका अन्य विकासे आयोजनालाई शीघ्र सञ्चालन यही सरकारले प्रतिवद्धता जनाए । पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले कांग्रेसलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य मणि थापासमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु