मुक्तिनाथ बैंकको १२० औ शाखा गुल्मीमा

गुल्मी असार । जनता बैंकमा हैन , बैंक जनतामा जानु पर्छ भन्ने अभियानका साथ स्थापित मुक्तिनाथ बैंकको एक कार्यक्रमका बिच १२० औं शाखाको रुपमा तम्घासमा शाखा उद्घाटन गरेको छ । बैंकको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले मुक्तिनाथ बैकले निम्न बर्ग सम्म आफ्नो पहुँच पुर्याइ जनतालाइ दुर्त गतिमा सेवा दियोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । बिकास बैंक मध्येमा मुक्तिनाथ बैंक पछिल्लो नतिजा हेर्दा देशमै १ न मा रहेको बताउदै शाखा प्रमुख तेज प्रसाद न्याउपानेले चैत्र सम्मको डाटा हेर्दा ६२ करोड खुद नाफा रहेको बताउनु भयो । आवश्यक कागजातकै आधारमा उद्दमिहरुलाइ बिना धितो ३ लाख सम्म रिण तुरुन्तै उपलब्ध गराउने गरि लघुबित्त बैकिङ्ग सेवा समेत रहेको न्याउपानेले बताउनुभयो । मध्यम वर्ग तथा निम्न बर्गलाई लक्ष्यित गरि २ किसिमको आधुनिक र लघुबित्त बैन्किङ्ग शेवा संचालनमा ल्याएको बुटवल क्षेत्रीय प्रमुख गोबिन्द अधिकारी तथा पोखरा क्षेत्रीय प्रमुख बाबुराम ढकालले बताउनु भयो । कार्यक्रम क्षेत्रीय प्रमुख बाबुराम ढकालको सभापतित्व तथा नगर प्रमुख डिल्लीराज भुसालको प्रमुख आथिथ्यता रहेको कार्यक्रमको संचालन प्रकाश पाण्डेले गर्नुभएको थियो ।