हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपाल यू–१९ एसिया कपमा

बुटवल,असार। हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपालले एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । आज मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले उपाधि जिते संगै एसिया कपमा स्थान बनाएको हो । हङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६।१ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । यस आघि टस हारेर ब्याटिङ गरेको हङकङ ४३।१ ओभरमा अल आउट हुँदै ९५ रन मात्र बनाउन सक्यो । हङकङलाइ सस्तैमा समेट्ने क्रममा नेपालको लागि सागर ढकालले १० ओभर बलिङ गर्दै ५ मेडिन राख्दै मात्र १८ रन दिएर ५ विकेट लिए । कमल सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन दिएर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लले समान १ विकेट लिए । कुशल मल्लले ८।१ ओभरमा ५ मेडन सहित ४ रन दिए ब्याटिङमा नेपालको लागि ऋत गौतमले १४ बल खेल्दै २ चौका सहित १३ रन बनाएर आउट भए । पवन शरार्फले ३६ बलमा ५ चौका र १ छक्का सहित ३९ रन बनाएर आउट भए। खडकबहादुर बोहोराले २२ बल खेल्दौ १ चौका सहित ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेलले १० बल खेल्दै १ चौका सहित १२ रन बनाएर आउट भए । भिम सार्कीले ११ बल खेल्दै १ चौका सहित ८ रन बनाएर नटआउट रहे । हरि बहादुर चौहान पनि नटआउट रहे ।