add frist

इनरह्व्लि क्लव अफ बुटवलद्धारा वृक्षारोपण

बुटवल,  साउन । इनरह्व्लि क्लव अफ बुटवलले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थिीत कस्तुरी मिष्ठान्न भण्डार अगाडिको डिभाइडरमा वृक्षारोपण गरेको हो । कार्यक्रममा इनर ह्व्लि क्लव अफ बुटवलले स्थापनाकाल देखि नै यस्ता किसिमका कार्यक्रम गदै आएको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिदै इनर ह्व्लि क्लव अफ बुटवल वर्ष २०१९। २० का अध्यक्ष प्रमिला श्रेष्ठले विभिन्न ठाउँहरुमा वृक्षारोपण गरेर मात्र होइन त्यसको नियमित संरक्षण गर्न पनि आवश्यक रहेको बताईन । त्यस्तै क्लवका पूर्व अध्यक्ष मिरा ओझाले पछिल्लो समय विभिन्न क्लवहरुले सामाजिक कार्य अन्तर्गत वृक्षारेपण गर्ने र त्यसको संरक्षणका कम महत्व दिदाँ यस्ता कार्यक्रमले खासै सार्थकता पाउन नसकेको बताईन । त्यसैले आगामी दिनहरुमा क्लवका सम्पूर्ण सदस्यहरुबाटै विरुवाहरुको नियमित संरक्षण गर्ने पनि प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सो अवसरमा करिब करिब एक सय विरुवाहरु रोपिएको थियो । कार्यक्रम इनरह्व्लि क्लव अफ बुटवल वर्ष २०१९। २० का अध्यक्ष प्रमिला श्रेष्ठको अभ्यक्षता, पूर्व अध्यक्ष भारती जोशीको प्रमुख आतिथ्था, मिरा ओझाको शुभकामना मन्तव्य , क्रयाशील सदस्य अम्विका श्रेष्ठको स्वागत, र क्लवका सचिव सानु श्रेष्ठको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु