गुल्मीमा धारिलो हतियार प्रयोग गरि एक को हत्या
साउन ,गुल्मी। जिल्लाको मुसिकोट नगरपालिमामा वडा ( ३ मा धारिलो हतियार प्रयोग गरि एक जनाको हत्या भएको छ ।मुसिकोट नगरपालिका ३ का ४८ बर्षका मोतिलाल कुमालको हत्या भएको छ । सोही ठाउँका ४५ बर्षिय लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरि मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएको वमि प्रहरीले जानकारी दिएको छ खेतमा सिंचाइ गर्ने बिषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ रहेको छ। मृतकको शव नौघाट भन्ने ठाउमा भेटिएको थियो भने हाल मुचुल्का को तयार गरि पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यामा संलग्न लक्ष्मण भन्ने प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरि कार्यलय गुल्मीले जानकारी दिएको छ।