add frist

बागलुङ समाज पोर्चुगलको अगुवाइमा बिरामिलाइ रकम हस्तान्तरण

पोर्चुगल । गम्भीर रोगबाट प्रताडित मानिस केबल बाच्ने आशमा दिन गनिरहेको हुन्छ । मृत्युको दोसाँधमा छट्पटीरहेको बेक्तिलाइ आशाको दियो उजागर गर्ने बाताबरण श्रीजना गर्नु मानबिय धर्म हो। उक्त मानबिय सेवालाइ सर्बोपरी ठान्दै बाग्लुङ समाज पोर्चुगलले पनि बाच्ने कि मृत्युु हुने दोसाँधमा घोतलिएका बिरामिलाइ आर्थिक सहयोग प्रदान गर्दै उदाहरणिय कार्य गरेको छ।समाजकै विशेष अग्रसरमा २लाख ९३ हजार २ सय ८० रुपैया संकलन गरि बागलुङ जिल्लाका तीन बिरामिलाइ हस्तान्तरण गरिएको एक सुचना मार्फत जानकारी गराएको छ । क्यान्सर पिडित दल बहादुर बुढा मगर,मृगौला पिडित गम प्रसाद श्रीस र अर्का क्यान्सर पिडित सपना खड्का खत्रीलाइ समान ९७ हजार 7 सय ६० को अनुपातमा रकम प्रदान गरिएको छ । बाग्लुङ समाज पोर्चुगलका सल्लाहकार सुर्य हमाल सहितको टोलि द्वारा उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिइएको छ।बिरामिलाइ केही हदसम्म घाउमा मलम लगाउने प्रयास बाग्लुङ समाज तर्फबाट गरिएको अध्यक्ष प्रेम खड्काको भनाइ थियो । सहयोग रकम जुटाउन पहल गर्ने सम्पुर्ण सहयोगदातालाइ उनले अन्तरमनदेखी आभार प्रकट समेत गरेका छन । आगामी दिनमा रचनात्मक एबम श्रीजनात्मक कार्यलाइ जारी राख्ने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु