रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा पहिरो पिडितलाई सात लाख बराबरको राहत सामग्री बितरण

बुटवल,साउन। रोटरी क्लब अफ बुटवल डाउनटाउन द्वारा गुल्मी जिल्लाको सत्यवतीगाऊँपालिका वडा न. ३ मा भएको पहिरो पिडितका लागी करिब सात लाख बराबरको राहत सामग्री बितरण गरेको छ । जस अन्तर्गत पलंग,आक्वाबक्स,त्रिपाल ,खाध्यान्न सामग्री लगाएतका सामग्री हरू बितरण गरेको छ । उक्त कार्यक्रममा माननिय पररास्ट्र मंत्री प्रदीप ज्ञवाली तथा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम रोटरी क्लब बुटवल डाउनटाउन अध्यक्ष रो.तुल्सि घिमिरेको अध्यक्षता तथा पूर्व अध्यक्ष रो.पिताम्बर ज्ञवालीको संचालनमा भएको थियो भने उक्त कार्यक्रमको संयोजक रो. भानु के.सी रहनुभएको थियो । रोटरी डिस्ट्रिक्ट ३२९२ ब्न् रो. राजेन्द्र ढकाल,डाउनटाउनका पूर्व अध्यक्ष रो.भीम राज श्रेस्ठ,नर बहादुर श्रीस,जीवन अधिकारी,नोमिनी प्रेसीडेंट रो.पंकज ज्ञवाली,सचिब मनोज भूसाल लगायत २५ जना रोटरीयन हरूको सहभागीता रहेको थियो।