दशै तिहार गित “प्रदेशी आएन“ भदौको अन्तिम सातामा सार्बजनिक हुने

बुटवल,भदौ । एस.एस. डिजिटलको पस्तुतिमा लाखौ प्रदेशिको पिडामा आधारित एउटा कारुणिक कथामा तयार पारिएको दशै तिहार गित “प्रदेशी आएन“ छिटै बजार आउदै छ । प्रदेशिलाई याद दिलाउन मार्मिक सङ्गितमा तयार पारियको यस गितका सङ्गितकार हुन सन्तोष के.सि.। जसको गितकार हुन सुरज गैह्रे बिबश भने स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ । छोरो उता प्रदेशको जेलमा यता अपाङ्ग आमा घरमा अनि बाटो हेर्दै पर्खाइ को पिडामा कौशी मा बसि उनको सम्झनामा आखाँ टोलाइ रहेकी पियारी अनि दाइ को सम्झनामा रहेकि बहिनीका आँखा बाट बगेको बलिन्द्र आँसुका धारा हरेक पीडा झल्काउने एउटा दृश्य वास्तव मै जिवन्त र कारुणिक अभिनय मन छुने एउटा जिबन्त गित बनेको कलाकारहरुले बताए । प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अजय रेग्मिले छायांकन गरेका छन । बिकास दाहालको सम्पादकमा चर्चित कलाकार रमा थपलिया आमाको भुमिकामा देखिएकी छन् । मोडल मोनालिसा शर्मा,रमेश के.सि.,सन्जु अर्यालको अभिनय रहेको यो गितमा एस एस डिजिटलको पस्तुतिमा भदौको अन्तिम सातामा सार्बजनिक हुने गितकार सुरज गैह्रे बिबशले बताए ।