चर्चित युबा साहित्यकार एबम पत्रकार शुसनद्वारा एन आर एन ए पोल्यान्डको आगामी चुनाबमा सचिब पदमा उम्मेदवारी घोषणा

प्रबासका विभिन्न देशहरुमा प्रबासी नेपालिहरुको साझा सस्था गैर आबासिय नेपाली संघमा चुनाबी माहोल तातेको छ।नेपालको राजनितिक प्रभाब यी सस्थामा पनि पेचिलो रहेको देखिन्छ। हेर्दा लाग्छ राजनितिक पाटिहरु संसदिय चुनाबमा भिडदै छन।एन आर एन ए पोल्यान्ड शाखामा पनि आगामी नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ।त्यसै क्रममा स्वच्छ र इमान्दार छवि बनाएका बेक्तिहरु पनि चुनाबी मैदानमा उत्रेका छन।त्यही मध्यका एक सक्रिय एबम प्रभाबशाली युबा शुसन परियार(बिसर्जन) ले आगामी (२०1९-२१)को लागि सचिब पदमा उम्मेदवारि दिने घोषणा गरेका छन।केही बर्षदेखी पोल्यान्डमा बसोबास गर्दै आइरहेका परियार सामाजिक एबम कल्याणकारी कार्यमा निकै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आइरहेका छन।एक नेपालिको पीडा आफनै पीडा सम्झेर घाउ लागेको मानिसलाइ मलम लगाउन चुक्नु हुदैन भन्ने मार्गदर्शक सिद्धान्त अङ्गिकार गरेका परियार छोटो समयमै नेपाली जनमानसमा जनप्रीय युबाको रुपमा मुखारित भएका छन।उनी एक कुशल पत्रकार मात्र नभएर चर्चित साहित्यकार पनि हुन।उनका रचना,निबन्ध निकै मनमोहक हुने गर्दछन।सामाजिक सेवामा नेपालदेखिनै तल्लिन परियार आफ्नै गृह जिल्ला बेनिमा २०६५ सालमा रेडक्रसको जिल्ला संयोजक भएर परोपकारी कार्यको औपचारिक सुरुवात गरेका थिए भने साहित्य तर्फ पौलस्त्य समाजको सचिब,म्याग्दी साहित्य संचारको सचिब र कालीगण्डकी साहित्य सदनको महासचिव भएर कुशल भुमिका निर्बाह गरे।पत्रकारिताको पनि यथेष्ट अनुभव बटुलेका परियारले बुलबुल पत्रीकाको कार्यकारी सम्पादक,सम्बोधित्व द्वेमासिक पत्रीकाको सम्पादक र शालिग्राम पत्रीकाको प्रधानसम्पादक भएर सामाजिक जनचेतना र बिकासकोलागि निरन्तर खबरदारी गरिरहे।नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघको सचिब तथा केन्द्रिय सदस्य भएर समेत पृथक अनुभव बटुलिसकेका परियारले अन्य संघ -सस्थामा आवद्ध रहेर समेत काम गरिसकेका छन।धेरै संघ-सस्थामा रहेर कुशल भुमिका निर्बाह गरेका परियार एन आर एन ए पोल्यान्डको लागि सक्षम र योग्य उम्मेदवारको रुपमा पोल्यान्डबासी नेपालिले हेरेको बुझिएको छ।कुनै राजनीतिक प्रभाब र आग्रह -पुर्बाग्रह सस्थामा प्रवेश गराउनु हुदैन भन्ने मान्यता राख्ने परियारले एक पटक मत दिएर परिक्षण गर्न पोल्यान्डबासी नेपाली माझ विशेष अपिल गरेका छन।विशेषगरि एन आर एन ए पोल्यान्डलाई स्वार्थमुखी भन्दापनि जनमुखी बनाउने उदघोष गरेका परियारले नबिनतन सोच राखेका युबाहरुको प्रतिनिधित्व गरि चुनाबी मैदानमा उत्रेका छन।उनले बिजयी हासिल गरेको अबस्थामा पक्कै पनि एन आर एन ए पोल्यान्डको मुहार फेरिनेमा आम युबा लगायत पोल्यान्डबासी नेपालिले सकारात्मक अपेक्षा गरेका छन।