add frist

एभरेष्टद्वारा अनाथ तथा असहायलाई सहयोग

भदौ, बुटवल । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयले अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक सामग्री तथा फलफुल सहयोग गरेको छ । विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्यले सैनामैना बनकट्टामा रहेको अभियान नेपाल बाल गृहकी सेविका मनमाया न्यौपाने तथा बालबालिकाहरुलाई उक्त सामग्री प्रदान गरेका हुन् । सहयोग प्रदान गर्दै आचार्यले बाल दिवसको अवसर पारेर असहाय बालबालिका तथा विद्यार्थीहरुबीच आपसमा सहयोग आदान प्रदान गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत विद्यालयले नियमित रुपमा सहयोग आदानप्रदानका कार्यक्रमहरु गर्दै आएको बताए । विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा सहायिक प्रिन्सिपल भिमसेन गौतम, माला पाण्डे, विद्यालय संचालक ठाकुर ज्ञवाली, मन्जु आचार्य लगायतले अनाथ तथा असहायलाई गरेको सानो सहयोगले उनीहरुलाई उत्प्रेणा मिल्नुका साथै शैक्षिक कृयाकलापमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।कार्यक्रममा दाल चामल, फलफुल, कपि कलम लगायतका सामग्री प्रदान गरिएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिए । बालगृहमा १२ जना बालबालिकाहरुले आश्रय लिदै आएका छन् । प्रत्यक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु