add frist

सुनको टोयलेट चोरी, ६६ वर्षे व्यक्ति पक्राउ

अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो ।थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् । सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र थियो । यो शौचालय प्रयोगमा थियो र दर्शकलाई यसको प्रयोगका लागि बोलाइएको थियो । अहिलेसम्म यो टोयलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ । पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने टोयलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ । १८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो । ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए । यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै । डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।’ ‘हामीलाई लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने । ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने जानकारी दिएको छ । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको टोयलेट दिने प्रस्ताव गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु