कक्षा ११ को नतिजा यसरी हेर्नुहोस

काठमाडौं, असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३।६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३।२१ देखि ३।६० जीपीए, ३२ हजार २५३ परीक्षार्थीले २।८१ देखि ३।२० जीपीए र ५४ हजार ८१६ परीक्षार्थीले २।४१ देखि २।८० जीपीए ल्याएका छन् । यसैगरी ८४ हजार २३९ परीक्षार्थीले जीपीए २।०१ देखि २।४० सम्म, ८९ हजार ६५० परीक्षार्थीले जीपीए १।६१ देखि दुईसम्म, ४३ हजार ३७ परीक्षार्थीले जीपीए १।२१ देखि १।६० सम्म, आठ हजार १७१ परीक्षार्थीले जीपीए ०। ८१ देखि १।२० सम्म र २१ हजार ३४६ परीक्षार्थीले जीपीए ०।८१ सम्म ल्याएको पनि उक्त बोर्डले जनाएको छ । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।