add frist

गण्डकी प्रदेशको प्रदेश पर्यटन प्रवर्धन टोली बुटवलमा

"प्रदेश ५ लाई गण्डकी प्रदेशको चुलो निम्तो"

बुटवल, असोज । गन्डकी प्रदेश सरकारले प्रदेश ५ सरकारलाई आन्तरिक पर्यटन बर्ष २०१९–२२ को चुलो निम्तो दिएको छ । आन्तरिक पर्यटन बर्ष २०१९–२२ को प्रचारकालागि रुपन्देही आएको गण्डकी प्रदेश पर्यटन प्रवर्धन अभियानले सुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश ५ सरकार सहित प्रदेशका जनतालाई पर्यटन बर्षको निम्तो दिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकाश लम्सालले प्रदेश ५ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई आन्तरिक पर्यटन बर्ष २०१९–२२ को निम्तो दिएका हुन् ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लम्सालले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक हिसावले मलुलुककै नमुना प्रदेश भएको भन्दै गण्डकी प्रदेशमा रहेका मनोरम दृष्यहरु र सांस्कृतिक कार्यक्रम अवलोकन गरेर मनोरञ्जन लिन आग्रह गरे । गण्डकी प्रदेश सरकार सन् २०१९ भित्रमा १५ लाख आन्तरिक पर्यटकलाई प्रदेशमा भित्राउने योजना सहित अगाडी बढेको भन्दै उनले अबको ४ महिना भित्रमा १५ लाख पर्यटक भित्राएरै छाड्ने बिश्वास व्यक्त गरे । पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको गण्डकी प्रदेश सरकारले पर्यटन व्यवसायीहरुलाई कमाउन सिकाउन पनि यो अभियान सञ्चालन गरेको भन्दै आफुलाई फाइदा हुने कार्यक्रममा समेत व्यवसायीहरुले चासो नदेखाएको टिप्पणी गरे । गण्डकी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु रहेको तर त्यसको प्रचार प्रसार हुन नसकेको भन्दै मनत्री लम्सालले त्यसैको प्रचार प्रसारकै लागि गडकी प्रदेशले आन्तरिक पर्यटन बर्ष २०१९–२०२२ मनाएको बताए । प्रदेश नं ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले गण्डकी प्रदेश सहित प्रदेश नं ५ र समग्र नेपालनै पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यहाँका पर्यटकीय र धार्मिक सम्पदाहरुको प्रचार प्रसार गर्न सके मुलुक समृद्ध बन्न सक्ने बिचार व्यक्त गरे । उनले निकट भविस्यमै मुलुकको मुख्य आयस्रोत पर्यटन बन्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी,गण्डकी प्रदेशका पर्यटन विज्ञ बासु त्रिपाठी,गण्डकी प्रदेश पर्यटन प्रवर्धन अभियानका संयोजक जुद्धबहादुर गुरुङ्ग,पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोखरेल लगायतले बोल्दै गण्डकी प्रदेश र प्रदेश नं ५ मिलेर पर्यटन प्रवर्धनमा लाग्न सके त्यसबाट दुबै प्रदेशलाई फाइदा पुग्ने बताएका थिए । सो अवसरमा गण्डकी प्रदेशका महत्वपूर्ण पर्यटकीयस्थलहरुका फोटो प्रदर्शनी गरिनुका साथै गण्डकी प्रदेशका महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु