भारतीय रुपैयाँ सहित नेपाली नागरिक पक्राउ

कपिलवस्तु,असोज । कपिलवस्तुको कृष्णनगर सशस्त्र प्रहरी बलले चेक जाँच को क्रममा ठूलो मात्रामा भारतीय रुपैयाँ बरामद गरेको छ । कृष्णनगर सशस्त्र प्रहरी बलले दशै तिहार लाई नजर गर्दै चेक जाँच दिन प्रति दिन बढाइएको छ । चेक जाँचको क्रममा शनिवार ११ बजेको समयमा जिल्ला दाङ तुल्सीपुर बाट कृष्णनगर तर्फ आउदै गरेको भे १ ख २२९८ नं.को बसमा सवार दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं.८ बस्ने नुदू वलीको नाति अमर वलीको छोरा अन्दाजी बर्ष ७७ का कृष्ण बहादूर वलीलाई शंका लागि बिशेष सुराकीको आधारमा कृष्णनगर न.पा.२ सशस्त्र प्रहरी बलको बैरियर चेक प्वाइन्ट मा सशस्त्र प्रहरी बल नेपाल नं.३९ हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलवस्तु बाट स.प्र.ना.उ.सुशील कुमार शाहीको कमाण्डमा ६ जनाको टोली ले चेक जाच गर्ने क्रममा भारतीय रुपैयाँ ७,६०,६५०/-(सात लाख साठी हजार छ सय पचास रुपैया) र नेपाली १२,१७,०४०/- (बाह्र लाख सत्र हजार चालीस) रुपैयाँ बरामद गरि रुपयौ र व्यक्ति सहित नियन्त्रणमा लिई उक्त बरामद भएको रुपैयाँ र व्यक्तिको बारेमा थप अनुसंन्धान चलिरहेको सशस्त्र प्रहरी बल नेपालका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले बताए ।