सञ्चारकर्मी चौधरीमाथी हातपात, पत्रकार महासंघद्धारा दोषीलाइ कारवाहीको माग

कार्तिक,बुटवल । बुटवलका सञ्चारकर्मी राज चौधरीमाथी बिहिबार राती हातपात र दुर्ब्यवहार भएको छ । उनी बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत छन् । कार्यालयको काम सकेर बुटवलको प्रगतीनगर आफ्नो कोठमा जादै गर्दा जागरण चोक नजिकै हातपात र दुव्यवहार भएको हो । रिफे्रेस क्याफे नजिकै सडक छेउमा रहेका केहि युवाहरुले राती १२ बजेको समयमा चौधरीमाथी दुरव्यवहार गरेका हुन् । उनिहरु मध्ये केही युवाहरु सोहि क्याफेवाट निश्किएका थिए । गाली गलोच गर्दै चौधरीको मोवाईल र डायरी खोसेका हुन् । नगद र अन्यकागजात समेत लुट्ने प्रयास गरेका थिए । मिडियाको कार्ड देखाएपनि उनिहरुले उल्टै कार्ड नै खोसेको पत्रकार चौधरीको गुनासो छ । राती १२ बजको समयमा क्याफेवाट निश्किीएका युवाहरुले संचार संस्था र संचारकर्मीहरुलाई समेत गालीगलोच गरेका थिए । घटना भएको केहिपछि पुगेको प्रहरीले उल्टै उनिहरुकै कुरा सुनेको गुनासो पत्रकार चौधरीको छ ।
पत्रकार महासंघद्धारा दोषीलाइ कारवाहीको माग
नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघ रुपन्देहीका सदस्य राज चौधरीलाई न्याय दिलाई घटनामा सम्लग्नहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ । महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गरि पत्रकार चौधरीमाथि दुव्यवहारसँगै सामाग्री समेत लुटपाट भएकाले घटनाको निन्दा गर्दै प्रहरीलाई घटनामा संलग्नलाई पहिचान गरि कारवाही गर्न जोडदार माग गरेको छ । चौधरीको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनि बुटवलको शिवनगरमा भएको कार्यक्रम छायाकन गरि फर्किएका थिए । यस्तै उक्त घटनामा सम्लग्नहरुलाई कारवाही गर्न बुद्ध सामुदायिक टेलिभिजनले माग गरेको छ । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले आफ्ना कर्मचारीमाथी अपराधिक मनोबृत्तिका व्यक्तिहरुले पत्रकारको परिचय दिदा दिदै कुटपिट र दुरव्यवहार गर्नु गंभिर र अपत्तीजनक भएको उल्लेख गरेका छन् । उनले दोषिलाई तत्काल पहिचान गरि कानुनी कारवाहीको माग समेत गरेका छन् ।