add frist

कास्कीका २ ठाउँमा बम विस्फोट, रोकिएको मतदान पुन सुरु

g]skfsf pDd]bjf/ e§/fO{ kf]v/f, !$ dlª;/M sf:sL–@ df ePsf] k|ltlglw;efsf] lgjf{rgcGtu{t kf]v/f –## e/tkf]v/Lsf] r08L ;fd'bflos ljBfno dtbfg s]G›df g]skfsf pDd]bjf/ ljBf e§/fO{ . t:jL/M jf;'b]j kf}8]n

पोखरा, मङ्सिर । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो । त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताए । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु