add frist

इनरव्हील रूपन्देहीले जन्मायो छोरी

बुटवल,मंसिर । इनरव्हील क्लब अफ रूपन्देहीले तिलोत्तमा नगरपालिका स्थित दुर्गादत्त मा.वि कक्षा ५ मा अध्ययनरत विपन्न परिवारको छात्रा दीपिका परियारलाई सहयोग गरेको छ । क्लबले छात्रा दीपिका परियारलाई एस.ई.ई. सम्म पढ्नको लागी लाग्ने सम्पूर्ण खर्चको जिम्मा लिएको हो ।

साथै एस.ई.ई.पछिको पढ़ाई कक्षा ११, र १२ भने क्लबको संस्थापक अध्यक्ष ईना उपाध्याय तथा हाल २०१९,२० का अध्यक्ष मंजु आचार्य घिमिरेले ब्यक्तिगत तरिकले पढाउने भएको छ । कार्यक्रम क्लबको अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्राचार्य कृष्ण प्रसाद पन्थी, सह–प्राचार्य चण्डी प्रसाद पाण्डेय लगायत विद्यालय व्यवस्थापन समिति,अभिभावक समिति तथा सम्पूर्ण शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।

यस क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आएको र कुनै तडक भड्क बिना अनाथ,असाहय,अपाङ्ग र वृद्ववृद्वालाई सकेसम्मको सहयोग गर्दे आएको संस्थाकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु