रोटरी डाउन टाउनद्धारा बृद आश्रममा सहयोग

बुटवल,मंसिर । रोटरी क्लब अफ बुटवल डाउन टाउनले राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा सहयोग गरेको छ । क्लबले गुल्मि जिल्लाको सत्यवति गाऊँपालिका वडा नम्बर एक स्थित श्री राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा आश्रित बृदबृदाहरुको निम्ति खाद्यान्नका सामानहरु प्रदान गरेको हो ।
क्लवका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मि जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । सचिव मनोज भुसालको सञ्चालन रहेको कार्यक्रममा रोटरीयन नलराज नेपाललको संयोजकमा प्रहरी प्रमुख, सशस्त्र प्रमुख, सत्यवति गाऊँपालिका अध्यक्ष पारेश्वर ढकाल, सन्यास आश्रम प्रमुख तथा आश्रम ब्यवस्थापन समितिका पदाधिकारीहरु, रोटरी डिस्ट्रिक्ट ३२९२ ए.जी राजेन्द्र ढकाल, रोटरी क्लब बुटवल डाउनटाउनका पूर्व अध्यक्षहरु तथा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा चाहीने आवश्यक सामाग्री चामल, दाल, तेल, चिउरा, चिनी, चियापत्ति,लगायत विभिन्न खाद्यान्नका सामानहरु प्रदान गरिएको अध्यक्ष तुल्सी घिमिरेले जानकारी दिए । उक्त आश्रममा ५५ जना वृद्ध बृद्धा आश्रित रहेको छन् ।