बार्षिकोत्सवको अबसरमा रक्तदान

बुटवल,मंसिर। “रक्तदान जिबनदान” भन्ने मुल नारा सहित बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लि .बुटवल रूपन्देहीले दशौं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा २३ पिन रगत संकलन भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष चन्द्र बहादुर महतले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम गरेको बताए,रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने उनको भनाइ छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यालयका सहकारी प्रमुख गुनाखर खनालले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।