add frist

सूर्यग्रहण लाग्ने भएपछि बिहीबार सार्वजनिक बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।

वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्‍याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिनुभयो ।

बिहीबारको विदा स्थानीय विदाबाट कट्टी हुने गरी मिलाएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु