add frist

अक्सफोर्ड विद्यालयमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल,माघ ।  बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गराउनुका साथै शैक्षिक तथा अतिरिक्त विभिन्न प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरेको हो । विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय समितिका प्रमुख दीपेन्द्र ढकालले विद्यार्थीहरुलाई नैतिक शिक्षा सिकाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

विद्यार्थीहरु सुचना र प्रविधिको विकास र संगतसँगै एकाग्रता मन पराउने बन्दै गएको उल्लेख गर्दै उहाँले समाजिक घुलनमिलनसँगै नैतिक शिक्षातर्फ जोड दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उप–महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीम बहादुर श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख मित्रमणि खनाल, राष्ट्रिय परीक्षा बोर्डका अधिकृत बाबुराम भण्डारी, त्रिभुवन टोल विकास समितिका अध्यक्ष विष्णुहरि पाण्डे,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका सदस्य ललित खरेल, नवराज पंगेनी, हरि बहादुर थापा, पूर्व प्राचार्य अजित खनाल, दिवाकर रेग्मी, अक्सफोर्ड कलेजका प्राचार्य मनोज मरासिनी, सह–प्राचार्य सुमन भुसाल, मोहन खनाल क्षेत्री लगायतले उत्कृष्ट नजिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृतसँगै बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्राचार्य दिनेश भुषालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले व्यावहारिक र समय सान्दर्भिक गुणस्तरीय शिक्षा प्रदान गर्न अझै सक्रिय रहने बताउनुभयो । उहाँले विद्याललाई रुपन्देहीका स्मार्ट स्कुल बनाउने अभियानमा रहेको उल्लेख गर्दै विद्यार्थीलाई गृहकार्य गराउन तथा अभिभावकलाई सूचना दिन अक्सफोर्ड एप्स संचालनको तयारीमा रहेको बताउनुभयो ।

विद्यालयका सह–प्राचार्य चिरञ्जीवी सापकोटा र मन्टेश्वरी संयोजक रीता पाण्डेको संयुक्त संचालनमा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले ६० भन्दाबढी प्रस्तुतीहरु देखाएका थिए ।

सोही अवसरमा शैक्षिक सत्र २०७५ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा विषयगत शिक्षकहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु