नेतृत्व विकास तथा सचेतना कार्यक्रम

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशनले ११० औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अबसरमा एक दिने नेतृत्व विकास तालिम तथा सचेतना कार्यक्रम गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा न.–८ को समन्वय तथा सहयोगमा आईतबार बुटवलको स्पान होटल सुख्खानगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. आठ का सदस्य गोमा ज्ञवालीले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । संस्थाको सामाजिक तथा सिपमुलक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको ज्ञवालीले बताउनुभयो ।
कार्यक्रम कल्पना श्रेष्ठको अध्यक्षता,कोषाध्यक्ष लोककुमारी सारूको स्वागत तथा सह–सचिब सपना खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण रिमा बि.सि ले गर्नुभएको थियो । तालिममा ५५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।