add frist

टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

बाँके, फागुन । बाँकेमा ट्रिपरको ठक्करबाट एक साइकलयात्री महिलाको मृत्यु भएको छ ।

कोहपुर नगरपालिका–९ झण्डहवाचोकस्थित सडकमा बुधबार बिहान ट्रिपरको ठक्करबाट सोही ठाउँकी ४५ वर्षीय रामपति थारु रहेको मृत्यु भएको प्रहरीले बताएको छ ।

उहाँ तरकारी व्यवसायी रहेको खुलेको छ । उहाँको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ ।

झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नम्बरको टिप्परले ठक्कर दिएको थियो । अहिले उक्त घटनाको विरोधमा सडक अबरुद्ध गरिएको छ। विरोधस्वरुप सडकमा टायर बालिएको छ । कोहलपुर–नेपालगञ्ज सडक खण्डमा चल्ने सवारी साधन ठप्प भएका छन् ।

ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु