add frist

वनको सहि सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि कसरी गर्ने

पोखरा,बैशाख । नेपाल कृषि प्रधान देश भनिए पनि हामी खाद्यान्नमा आत्मनिर्भर छैनौ एकातिर र अर्को तिर हाम्रो वन क्षेत्र पनि व्यवस्थित पार्न सकिएको छैन । यदि हामीले वन क्षेत्र लाई सहि सदुपयोग गर्ने हो भने पनि हाम्रो देशको अर्थतन्त्रमा ठुलै योगदान हुन्छ।

वनलाई कृषि क्षेत्रमा प्रयोग किन गर्ने त ?
उत्पादकत्व वृद्धि गर्न। आम्दानी र रोजगार को सृजना गर्न ।
दिगो कृषि,वन, पशुपालन र उर्जा व्यवस्थापन गर्न ।
माटो ,जल, वन र अन्य प्राकृतिक सम्पदाको संरक्षण एवम् दिगो व्यवस्थापन गर्न। बालि विविधिकरण गर्न।
घाँस,दाउरा, जडिबुटी, फलफुल, पानी र काठको सहज व्यवस्थापन गर्न ।
कार्वन सञ्चित गर्न जैविक विविधता संरक्षण र जमिन संरक्षण गर्न ।

# कसरी गर्ने सकिन्छ त कृषि वनको प्रवर्द्धन
कृषि र वन सम्बन्धी प्रकाशित भएका साथै स्थानीय संचार माध्यमहरु मार्फत सुचना तथा जानकारी सम्प्रेषण गरेर ।

स्थानीय तहमा वन तथा नर्सरी को स्थापना गर्ने र विरुवा वितरण तथा वृक्षारोपण गर्ने । निजि तथा कृषि वन परामर्श गर्ने र विकास गर्ने। कृषि बाली सङ्गै डालेघाँस ( इपिल ईपिल , किम्बु , बडहर ,खनियो,पाखुरी, टाकि , कोइरालो , न्यारो , आदि), भुइ घाँस (नेपियर , अम्रिसो , इस्टाइलो , ज्वाइन्टभेच आदी ) , फलफुल (केरा,लिचि, भुइँ कटहर,रूख कटहर, कागति , सुन्तला, निबुवा, इष्टवरी ,अम्बा ,ओखर, अमला आदि ) , मसलादार (अलैँची , टिमुर , बेसार, अदुवा, तेजपत्ता , मरिच, ल्वाङ आदि ), चिया,कफी , जडिबुटी, बास ,काठ हुने बिरुवाहरु सार्ने । घरवरपर को खाली जमिनमा कृषि बाली सङ्गै अरु नगदेबाली, फलफुलका बिरुवा रोप्ने।
पानिको पोखरी हरू बनाएर सिचाई तथा माछा पालन गर्ने र पोखरी कै डिलमा उपयुक्त रुखविरुवा हुर्काउने।

जङ्गल का रूख बिरुवा भित्र नगदेबाली को प्रवर्द्धन गर्ने । बेलाबेलामा वन गोडमेल गर्ने। जस्ले गर्दा माटो सम्रक्षण हुन्छ। जङ्गली जनावर तथा चराचुरुङ्गी हरु लाई खाने कुरा को अभाव पनि हुदैन । जस्ले गर्दा वातावरण सन्तुलन कायम हुन्छ ।

यसो गर्नाले वन क्षेत्र पनि व्यवस्थित हुने र वनलाई कृषि वनको रुपमा विकास गर्न सकिन्छ । यसबाट प्रतक्ष फाइदा स्थानीय वासिन्दा तथा स्थानीय तहलाइ हुन्छ । जसबाट राज्यको पनि अर्थतन्त्र मा टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु