add frist

नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा बिहिबार एकैदिन थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणको पुष्टी भएको अहिलेसम्मकै सर्वाधिकसंख्या हो ।

त्यस्तै कोरोनाका कारण कैलालीका एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कैलालीका ४६ वर्षीय पुरुष र कैलाली कै ४३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ । पुरुषको सेती प्रादेशिक अस्पतालमा असार ३ गते र महिलाको नेपालगंज मेडिकल अस्पतालमा असार २ गते मृत्यु भएको जनाइएको छ । यस सँगै नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २२ पुगेको छ ।

त्यस्तै बिहिबार दिउँसो थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा।जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा संक्रमित मध्ये १ हजार ३ सय ०३ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा १९ जनाले स्वास्थ्य लाभ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु