add frist

रुपन्देहीमा भदौ १४ सम्म लकडाउन

भैरहवा, भदौ । जिल्ला प्रशाशन कार्यालय रुपन्देहिले जिल्लाभर लकडाउनको समयाबधी थप गरेको छ ।  समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढेपछि रुपन्देहीमा थप एक हप्ताको लागि लकडाउन थपिएको प्रशाशनले जनाएको छ ।

यस अघि भदौ ७ गते सम्मका लागि आब्हान गरिएको लकडाउन अब भदौ १४ गते राति १२ बजे सम्मका लागि गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणको लागि भदौं १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको प्रजिअ पन्थले जानकारी दिए ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु