add frist

रुपन्देहीमा थपिए ५० नयाँ संक्रमित, बुटवलमा ३१ जना

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २१ महिला र २९ पुरुषमा बिहिबार संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिका र ओमसतिया गाँउ पालिकामा ४/४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि देवदह नगरपालिका र गैडहवा गाँउपालिकामा २।२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाँउपालिकामा १/१ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा बिहिबारसम्ममा ११३३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले पनि ६२६ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु