add frist

भारतमा देखियो नयाँ प्रकारको कोरोना

काठमाडौं, पुस। भारतमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ। बेलायतबाट आएका ६ जनमा नयाँ प्रकारको कोरोना पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

संक्रमण पुष्टि हुनेमा बेंगलरू, हैदरावाद र पुनेका नागरिक छन्। अहिले संक्रमण पुष्टि भएका छ जनाको परिवार र उनीहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने काम भइरहेको छ।

बेलायतबाट आएका यात्रुहरूको ुजिनोम सिक्वेन्सिङु विधिबाट परीक्षण गरेपछि नयाँ प्रजातिको भाइरस रहेको पुष्टि भएको बताइएको छ।

भारतले गत साता नै बेलायतसँगको हवाई सेवा बन्द गरिसकेको छ। नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा ७० प्रतिशत संक्रामक रहेको भन्दै यसले शरीरलाई छिटो आक्रमण गर्ने अध्ययनले बताएको छ।

सुरूमा बेलायतमा देखिएको उक्त नयाँ प्रजातिको भाइरस अहिले युरोपको अन्य देशहरूमा पनि देखा पर्न थालेको छ। साथै जापान, क्यानाडा र दक्षिण अफ्रिकामा पनि उक्त भाइरस फेला परेको छ।

नेपालमा पनि बेलायतबाट आएका पाँच जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यद्यपि उक्त भाइरस नयाँ होरहोइन भनेर यकिन गर्न सरकारले अध्ययन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु