अहिले लोडसेडिङ छैन, भविष्यमा पनि हुँदैनः विद्युत प्राधिकरण(विज्ञप्ति सहित)

बुटवल । पछिल्ला केही दिन यता संचारमाध्यम सहित सार्वजनिक रुपमा आलोचना हुन थाले पछि नेपाल विद्युत प्राधिकरणले अहिले र भविष्यमा समेत लोडसेडिङ नहुने स्पष्ट पारेको छ ।
विहिबार विज्ञप्ति जारी गर्दै बत्ती झ्याप्प झ्याप्प गइरहेको वा अघोषित लोडसेडिङ शुरु भएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विगत ३ वर्षअघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेकोले फेरि त्यस्तो अवस्था नभएको तर छोटो समयलाई विद्युत आपूतिमा अवरोध हुन गएको जानकारी दिएको छ ।
माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नु पर्ने वाध्यता गर्नुपर्ने अवस्था रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक र निजी उत्पादन तथा अपुग हुदाँ भारतबाट आयात गरिएकोले लोडसेडिङ नगरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
राष्ट्रिय विद्युत प्रणालीमा भारवाहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण र आपूतिमा भएको अवरोध लोडसेडिङ होइन भन्दै त्यसको निवारण गर्न संस्था प्रयासरत रहेको पनि विज्ञप्तिमा जानकारी दिइएको छ ।